Swornakshar Logo

पोखराका वडाअध्यक्षको घरमा बम बिस्फोट

९ मंसिर । काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको घरमा सोमबार बिहानै बम बिस्फोट भएको छ । घटना बिहान २ बजेर १५ मा भएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले बताए ।

बम बिस्फोटका कारण बिरौटा स्थित उनको घरमा पार्किङ गरिरहेको अवस्थामा राखिएको ग २ च ४२६ नम्बरको टोयटो हाइलक्स गाडी क्षतीग्रस्त भएको छ ।

घटनामा नेत्र विक्रम चन्द नेतृत्वको समुहले गरेको हुनसक्ने आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी शाहले बताए ।