Bagmati Samachar Logo

महरालाई थुन्न जिल्ला अदालतको आदेश चाहिनेः उच्च अदालत

६ मंसिर । काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको अभियोगमा थुनामा राखेर अनुसन्धान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश पेश गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

थुनामा राख्ने आदेश बदर माग गर्दै महराले दिएको १७ नम्वर निवेदन मा सुनुवाई गर्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले आज यस्तो आदेश दिएको हो ।

उच्च अदालतमा महराले आफुलाई साधारण तारेखमा राखेर मुद्धा सुनवाई को सुबिधा हुनुपर्ने भन्दै उच्च अदालतमा निवेदन पठाएका थिए । थुनामा पठाउने जिल्ला को आदेश बदनियतपूर्ण भन्दै सो निवेदन खारेज गर्न माग गर्दै निवेदन दिएका थिए ।

काठमाडौं जिल्ला अदालतले महरालाई थुनामा पठाउने आदेशसहितको प्रतिवेदन (कैफियत प्रतिवेदन) उच्च अदालतलाई पठाउनुपर्नेछ । सो प्रतिवेदन प्राप्त भएपछि उच्च अदालतले सुनुवाई पछि थुनामा राख्ने जिल्लाको आदेश सदर गर्ने या खारेज गर्ने निर्णय गर्नेछ ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले १८ कात्तिकमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेश अनुसार महरा हाल डिल्लीबजार कारागारमा छन् ।