Swornakshar Logo

प्रधानमन्त्रीको कानूनी सल्लाहकारमा बाबुराम दाहाल नियुक्त

सरकारी तलव नलिइकन काम गर्ने घोषणा
४ मंसिर । हेटौंडा । प्रधानमन्त्रि केपी शर्मा ओलीको कानूनी सल्लाहकारमा बाबुराम दाहाल नियुक्त हुनु भएको छ । मकवानपुरको हेटौंडा १६ हटिया चिसापानी घर भएका दाहाल २५ वर्ष देखि कानूनी व्यावसायमा आवद्ध छन् । तत्कालीन नेकपा एमालेको निर्वाचन विभागको सचिवका रुपमा कार्यरत दाहाल २०६१ साल देखि काठमाण्डौमा बसेर ओकालतको काम गर्दै आउनुभएको छ ।

कार्तिक २९ गतेको मन्त्रिपरिषदको वैठकले दाहाललाई कानूनी सल्लाहकारको रुपमा नियुक्त गर्ने निर्णय गरिएको थियो । निर्णय भएको ६ दिन पछी उहाँले सल्लाहकारको नियुक्तिपत्र आज लिनु भएको छ । कानूनी सल्लाहकारका रुपमा नियुक्त दाहालले सरकारी तलव भने नलिने बताउनुभएको छ । सरकारले सल्लाहकारको रुपमा दिने तलव भने नदिने उनले घोषणा गरेका छन्।
तत्कालीन नेकपा एमाले र माओवादी पार्टी एक भएपछी नेकपा पार्टी दर्ता देखि सवै काम उनले गर्दै आएका छन् । सार्वजनिक खरिद विज्ञका रुपमा परिचित दाहाल कानूनी पेसामा लाग्नुभन्दा पहिले निजामती सेवामा काम गरेर संगठनको अध्यक्षका रुपमा मकवानपुरमा रहनु भएको थियो । दाहालले यसअघिको संविधान दिवस २०७६ का अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रवल चौथो जनसेवाश्री प्राप्त गर्नु भएको छ ।