Swornakshar Logo

प्रधानमन्त्रीले मन्त्रीहरुलाई भनेः भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्छु

३ मंसिर । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने बताएका छन् । मंगलबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने जानकारी गराउँदै औपचारिक कार्यक्रम नराख्न मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक मन्त्रीले भने, “भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्दैछु । तपाईँहरु कति पर्नुहोला कति नपर्नुहोला । अहिलेसम्म सहयोग गर्नुभएकोमा धन्यवाद ।”
प्रधानमन्त्री ओलीले यसअघि नेकपा सचिवालयको बैठकमा पनि मन्त्रीहरु परिवर्तन गर्ने बताएका थिए । मन्त्रिपरिषद् बैठक सकिएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई यस्तो जानकारी गराएका थिए । “तपाईँहरुमध्ये कोही दोहोरिनुहोला, कोही हट्नुहोला । पार्टी स्थायी कुरा हो । जिम्मेवारी अस्थायी कुरा हो । भोलि मैले पुनर्गठन गर्दैछु,” प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै ती मन्त्रीले भने ।