Swornakshar Logo

आगामी मंगलबारसम्म मन्त्रिपरिषद पुनर्गठन हुने

१ मंसिर । काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद पुनर्गठन गर्न बाटो खुला गरिदिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्ने बाटो खुला गरेको एक सचिवालय सदस्यले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आगामी मंगलबारसम्म मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारीमा रहेका एक सचिवालय सदस्यले जानकारी दिए । बैठकमा कसलाई नयाँ मन्त्री बनाउने भन्नेबारे टुंगो लगाएको छैन । स्रोतका अनुसार सोमबारसम्म नयाँ मन्त्री बन्ने नेताहरू टुंगो लाग्ने छ ।
प्रवास समन्यव कमिटी निर्माण गरेको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार विन्दा पाण्डेको नेतृत्वमा प्रवास समन्वय कमिटी निर्माण गर्ने निर्णय गरिएको हो । कमिटीमा नेतृ पाण्डेलाई इन्चार्ज र लक्ष्मण पन्तलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।

पार्टीका युवा नेता युवराज चौंलागाईलाई अध्यक्षको जिम्मेवारी दिइएको छ भने श्रीप्रसाद साह सचिव चयन भएका छन् । रुकु विक सदस्य चयन भएकी छिन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अधिकार प्रत्यायोजनका अन्य विषयमा भने निर्णय नलिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।