Swornakshar Logo

पेस्तोलसहित पक्राउ परे नेता, तरुण दलले गर्‍यो बाँके बन्द

२९ कार्तिक । काठमाडौं । तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाह पेस्तोलसहित पक्राउ परेका थिए । प्रहरीले १४ कात्तिकमा शाहलाई नेपालगञ्जको नमस्ते भिलेज रिसोर्टबाट अवैध रुपमा रहेको अमेरिकन लोडेड पेस्तोल २ र दुई थान गोलीसहित पक्राउ गरेको थियो ।

पक्राउ परेका शाहको रिहाइ आव्हान गर्दै कांग्रेसले विरोध जनाएको हो । उनीहरुले प्रहरी प्रशासन सरकारको आडमा मनोमानी गरेको आरोप लगाएका छन् । नेपाली कांग्रेसको भ्रातृसंगठन तरुण दलले आह्वान गरेको बन्दले शुक्रबार बिहानैदेखि नेपालगञ्ज र कोहलपुरको जनजीवन प्रभावित भएको छ । चोकचोकमा झन्डा राखेर तरुण दलका कार्यकर्ताले यातायात सञ्चालनमा रोक लगाएका छन् ।

पक्राउ परेका शाहको रिहाइ नहुँदासम्म अनिश्चितकालीन बन्द गर्ने तरुण दल बाँकेले बताएको छ ।