Swornakshar Logo

कालापानी विवादबारे के भन्यो त चीनले

२८ कार्तिक । काठमाडौं । केही दिनअघि भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमी गाभेको विषयमा चर्को विवाद भइरहेको छ । उक्त विवादबारे चीनले पनि आफ्नो प्रतिक्रिया राखेको छ । बिहीबार साँझ काठमाडौंस्थित चिनियाँ राजदूतावासले सो विवादबारे एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा कालापानी क्षेत्रको विवादलाई नेपाल र भारतले वार्ता गरी टुंग्याउनुपर्नेमा जोड दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, चीन सधैँ नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सम्मान गर्छ, चिनियाँ पक्ष सदिच्छा व्यक्त गर्न चाहन्छ कि नेपाल र भारतले मैत्रीपूर्ण परामर्श र वार्तामार्फत् कालापानीको बिवाद समाधान गर्नेछन् ।’

दूतावासले केही मिडियाहरुले चीनप्रति लगाएको आरोपप्रति दुःख व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ, केही गैरजिम्मेवार व्यक्ति र मिडियाले चीनले नेपालको सीमा मिच्यो भनेको हामीले सुनेका छौं । यस्ता आरोप आधारहीन र सरासर गलत हुन् । यस्ता आधारहीन र गलत आरोप लगाएर जनमानसमा के सत्य के गलत हो भन्ने भ्रम नफैलाउन पनि व्यक्त गरेको छ।’

विज्ञप्तिमा वर्षौयता नेपाल र चीनबीच राम्रो सहकार्य हुँदै आएको बताइएको छ । विज्ञप्तिमा भनिएको छ, चीनले बाहिरी हस्तक्षेपको अवज्ञा गर्दै सीमासम्बन्धी मामिलालगायत सहकार्य थप सुदृढ गर्न चाहेको छ । नेपालसँग साझा विकास प्रवद्र्धन गर्न पनि चाहेको छ ।

चिनियाँ राष्ट्रपतिले नेपालको सफल राजकीय भ्रमण गर्नुभएको स्मरण गराउँदै विज्ञप्तिमा त्यसक्रममा दुवै पक्षले सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको समेत बताइएको छ ।