Swornakshar Logo

बंगलादेशका राष्ट्रपति हमिद र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

२७ कार्तिक । काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री ओली र राष्ट्रपति हमिदबीच भेट भएको हो ।

राष्ट्रपति हमिदले बुधबार नै नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा तथा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओली र हमिदबीच दुइ देशको हितका बारेमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।

नेपाल बसाईका क्रममा राष्ट्रपति हमिदले पोखरासहित काठमाडौ उपत्यकाका पुरातात्विक तथा सांस्कृतिक महत्वका स्थानहरुमा पनि भ्रमण गर्नेछन् ।

राष्ट्रपति हमिद चार दिनको औपचारिक भ्रमणका लागि मंगलबार नेपाल आएका हुन् । उनी शुक्रबार स्वदेश फर्कने छन् ।