Swornakshar Logo

भारतीय नागरिकद्वारा रौतहटको प्रहरी चौकीमा बम विस्फोट

२६ कार्तिक । काठमाडौं । रौतहटको इशनाथ नगरपालिकामा रहेको मथिया प्रहरी चौकीमा बम बिस्फोट भएको छ । भारतीय सिमानाबाट ३ सय मिटरको दुरीमा रहेको प्रहरी चौकीलाई लक्षित गरी मोटरसाइकलमा आएका दुईजनाले सुतली बम प्रहार गरेका थिए ।

विस्फोटमा परी एक जना प्रहरी जवान घाइते भएका छन् भने प्रहरी चौकीको भवनमा सामान्य क्षति पुगेको छ । घाइते हुनेमा सेन्ट्रीमा रहेका प्रहरी जवान रन्जित कुमार यादव रहेका छन् । बम प्रहार गरी भारततर्फ भाग्दै गर्दा उनीहरुलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

सो चौकी सामूहिक हत्या अभियोगमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद अफ्ताव आलमको गाउँभन्दा ५ किलोमिटर टाढा रहेको छ । उनीहरुले बीआर ०५ एच ६५०९ नम्बरको भारतीय मोटरसाइकल प्रयोग गरेर बम विस्फोट गराएका थिए । सो बम के कारण र किन विस्फोट गराइएको हो भन्ने बारेमा थप अनुसन्धान भइररहेको छ ।