घूस लिँदालिँदै जिल्ला अदालतका सुब्बा पक्राउ

२४ कार्तिक । काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतको टोलीले जिल्ला अदालत पश्चिम रुकुम, मुसिकोटमा कार्यरत नायब सुव्बा रमेशकुमार खड्का १५ हजार घुससहित पक्राउ परेका छन् ।
सेवाग्राहीसँग अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनुपर्नेमा नगराई ६० हजार घुस मागेका उनलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार ६० हजारबाट बार्गेनिङ सुरु गरेका उनले पछि १५ हजारमा सहमति गरेकोमा विशेष सूचनाका आधारमा मुसिकोट नगरपालिका वडा नं १ खलंगा स्थित, राप्ती होटल एण्ड लज अगाडिबाट पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्: