Swornakshar Logo

उपनिर्वाचनः यी हुन मनोनयन दर्ता गराउने उम्मेदवार (नामावलीसहित)

मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको छ ।
२१ कात्तिक । काठमाडौं । निर्वाचन आयोगका अनुसार बिहीबार चार वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गर्ने काम पुरा भएको छ । कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ तथा प्रदेशसभातर्फ भक्तपुर–१ को (१०), बागलुङ–२ को (२) र दाङ–३ को (२) मा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम सम्पन्न भएको हो । आयोगले मनोनयनपत्र दर्ताका लागि बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकेको थियो ।

कास्की–२ को प्रतिनिधि सभा सदस्य रिक्त पदमा नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का विद्या भट्टराई, नेपाली काँग्रेसका खेमराज पौडेल,कमल जङ्ग (स्वतन्त्र), देशभक्त समाजका वीर वहादुर विश्वकर्मा, नेपाली काँग्रेस (बी.पी.)का चन्द्र बहादुर रानाभाट, यज्ञप्रसाद पंगेनी (स्वतन्त्र), साझा पार्टीका रजनी के.सी. राष्ट्रिय जनमुक्ति पार्टीका पूर्ण बहादुर राना, जमुना शर्मा (स्वतन्त्र), नेपाल कम्युनिष्ट पार्टी (माले) का टेकनाथ भण्डारी, मंगोल नेशनल अर्गनाईजेशनका रियाज गुरुङ, समाजवादी पार्टीका धर्मराज गुरुङ, लक्ष्मी कुमारी भुजेल (स्वतन्त्र), सुनिल भुसाल (स्वतन्त्र), सुनिल बहादुर कोइराला (स्वतन्त्र), उमनाथ गौतम (स्वतन्त्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का श्रीमती गंगा मल्ल, दिपक रेग्मी (स्वतन्त्र), राष्ट्रिय प्रजातन्त्र पार्टीका रोम बहादुर भण्डारी, रन बहादुर दमै (स्वतन्त्र), नवराज वास्तोला (स्वतन्त्र) र पुरुषोत्तम खनाल (स्वतन्त्र) गरी जम्मा २२ जना उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा मनोनयनपत्र दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै भक्तपुर निर्वाचन क्षेत्र नं। १ को ९१० मा रिक्त प्रदेश सभा सदस्य पदमा कृष्ण प्रसाद ह्योगो ९स्वतन्त्र०, जिवन नेपाली ९स्वतन्त्र०, कृष्णराम पोतामाहा ९स्वतन्त्र०, साझा पार्टीका सुरज प्रधान, अर्जून कोजु ९स्वतन्त्र०, उत्तम साखकर्मी ९स्वतन्त्र०, नेपाली काँग्रेसका कृष्णलाल भडेल, राकेश सुवाल ९स्वतन्त्र०, समाजवादी पार्टीका सुदर्शन मुनकर्मी, नेपाल मजदुर किसान पार्टीका निरज लवजू, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामप्रसाद नेपाल, सुमना कार्की ९स्वतन्त्र०, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का देबिप्रसाद ढकाल, जिवन चन्द्र अधिकारी ९स्वतन्त्र०, नेपाल कम्युनिष्ट पार्टी ९माले० का सुदर्शन लामिछाने, संगिता पौडेल आचार्य ९स्वतन्त्र०, सुजाता देउजा ९स्वतन्त्र०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामा र नेपाली काँग्रेस ९बि।पी।० का मधुसुदन न्यौपाने गरी जम्मा १९ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।

यसैगरी बागलुङ निर्वाचन क्षेत्र नं. २ को (२) मा रिक्त प्रदेश सभा सदस्य पदमा राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही, रा.प्र.पा.(संयुक्त) का निमबहादुर भण्डारी, समाजवादी पार्टीका अशोककुमार बि.क., राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवर, सन्तोष भण्डारी (स्वतन्त्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई, नेपाली काँग्रेसका जितबहादुर शेरचन, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आले, शेरमान घर्तिमगर (स्वतन्त्र) र मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगर गरी जम्मा १० जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।

यस्तै दाङ निर्वाचन क्षेत्र नं. ३ को (२) मा रिक्त प्रदेश सभा सदस्य पदमा राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्मा, नेपाली काँग्रेसका केशव राज शर्मा, नेपाल मजदुर किसान पार्टीका सुरेश परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का छोटीलाल थारु, नेपाल कम्युनिष्ट पार्टीका हरिप्रसाद डागी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बिमला कुमारी खत्री, समाजवादी पार्टीका डिल्ली बहादुर डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भूपाल रावत, मंगोल नेशनलका घनश्याम चौधरी, टिकाराम आचार्य (स्वतन्त्र), गोविन्द के.सी. (स्वतन्त्र), साझा पार्टीका शिव कुमार चौधरी, नेपाल लोकतान्त्रिकका झरेन्द्र बहादुर खत्री र नेपाली कांग्रेस (बी.पी.) का दिपक कुमार धिताल गरी जम्मा १४ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।

कास्की, भक्तपुर, बागलुङ र दाङमा मनोनयनपत्र दर्ता गर्ने गराउने कार्य शान्तिपूर्ण एवम् उल्लासमय वातावरणमा सम्पन्न भएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।