Swornakshar Logo

दैलेख नेकपामा समानान्तर कमिटी घोषणा

९ कार्तिक । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दैलेखमा समानान्तर कमिटी घोषणा गरेको छ । शनिबार नेकपा दैलेखका नेता, कार्यकर्ता, निर्वाचित सांसद र स्थानीय तहका जनप्रतिनिधिसहितको उपस्थितीमा अर्को जिल्ला कमिटी गठन भएको घोषणा भयो ।

चार दिन अघि जिल्ला नेताको उपस्थितिमा नेकपाले दैलेखका ९० वटै वडामा एकता टुँगो लागेको भन्दै अध्यक्ष र सचिवको हस्ताक्षर नाम सार्वजनिक गरेको थियो । दैलेखका ४ नगरपालिका, ७ गाउँपालिका, २ निर्वाचन क्षेत्र र ४ प्रदेश निर्वाचन क्षेत्रमा समानान्तर कमिटी बनाएको सांसद पार्वती बिसुन्केले बताइन । आज बनाएको पार्टी कमिटी नै आधिकारीक भएको नेताहरु पार्वती बिसुन्के, टेकबहादुर खाण र अमर थापाको दावी छ ।
प्रदेश सभा सदस्य अमरबहादुर थापाले आउँदो १५ गतेसम्म पार्टीले सहमतीको प्रयास नगरे ९० वटै वडा कमिटीसम्म आधिकारीक कमिटी निर्माण गर्ने र बृहत भेला गरेर जानकारी गराउने बताए ।

एकताको प्रक्रिया सकिने बित्तिकै अकोए समानान्तर कमिटी घोषणा हुनुसंगै दैलेखमा नेकपा भित्रको विवाद छताछुल्ल भएको छ ।
नेकपाका प्रदेश कमिटी सदस्य सुर्यबहादुर शाहीले पार्टीको बिधि अनुसार यस अघि नाम घोषणा गरिएको बताए । आफ्नो समेत नाम नयाँ बनेको कमिटीमा राखिएकोमा उनले आपत्ती जनाए । हल्लाको पछाडि नलागी पार्टीले आधिकारीक रुपमा यसअघि गरेको निर्णय कार्यान्वयन गरेर जान कार्यकर्ताहरुलाई उनले आग्रह गरे ।