Swornakshar Logo

संबिधान भन्दा माथी कोही पनि छैनन्ःसभामुख श्रेष्ठ

५ असोज । हेटौंडा । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले संबिधान भन्दा माथी कोही पनि नभएको बताउनुभयो । सभामुख श्रेष्ठले हेटौंडामा आज संसदीय मामिला पत्रकारिता सम्वन्धमा पत्रकार अभिमुखीकरण कार्यक्रमको उद्घाटन गदै भने संबिधान भन्दा माथी राष्ट्रपति, अदालत, सरकार कोही पनि छैन । संबिधानसंग बाझिने कानून खारेज हुने उनले बताए ।

प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा आज संसदीय मामिला पत्रकारिता सम्वन्धमा पत्रकार अभिमुखीकरण कार्यक्रम भएको छ। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको संयोजन तथा संसद सहयोग परियोजना संयुक्तराष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा कार्यक्रम भएको हो ।

राजनैतिक व्यक्तित्वहरूले संविधान संम्वत कुराहरू र तथ्यमा आधारित कुराहरू गर्नुपर्ने बताउँनुहुँदै मनगढन्ते कुरा गरेर देशको विकास नहुने र संविधानको पालना नहुने बताउनुभयो । प्रदेशसभा, सांसद र पत्रकारहरूबीचको सम्बन्ध कमजोर रहेको प्रति दुखेसो व्यक्त गर्दै सभामुख भन्नुहुन्छ “अब हामी पत्रकारहरूसंगको सम्वन्धलाई मजवुत बनाउनेछौ ।’

सभामुखले आन्तरिक लगानि वृद्धिलागि प्रदेश, स्थानिय र निजि क्षेत्रको सहभागितामा कार्ययोजना निर्माणमा प्रदेश सरकार जुटिरहेको समेत जानकारी गराउनुभएको छ । नेपालमा निर्यात भन्दा बढि आयत धेरै भएको कुरालाई मध्यनजर गर्दै आयात कम गर्ने उद्देश्यले यस्तो रणनिति अघि सारेको बताए । संसदको हलको समस्याका कारण पत्रकारले समस्या बेहार्नु परेको उहाँले बताउनुभयो । हाल सम्म प्रदेश सभाबाट ४५ वटा कानून पारित भएको जानकारी दिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले हेटौंडाका पत्रकारले संसदीय रिपोटिङको अभ्यास गरिरहेको अवस्थामा यो तालिम फलदायी भएको बताउनुभयो । संसदीय रिपोर्टीङका लागि आगामी दिनमा पनि सहकार्य गरेर अगाढी बढ्नका लागि अध्यक्ष हुमागाईले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा अधिवक्ता तथा संविधानसभा सदस्य अभिवक्ता रेवति रमण भण्डारिले संसदिय प्रक्रिया र सुचना सम्प्रेषणमा पत्रकारहरूले ख्याल गर्नुपर्ने विषयमा प्रस्तुतिकरण गर्नुभयो । कार्यक्रममा अन्नपुर्ण पोष्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापाले संसदिय मामिला पत्रकारिता अवधारणा अभ्यास र चुनौति र प्रभावकारि संसदिय अभ्यासका लागि संसद सचिवालय र पत्रकार सम्वन्धका वारेमा प्रस्तुति गर्नुभएको थियो ।

नेपाल पत्रकार महमसंघ मकवानपुर शाखाका अध्यक्ष हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका उपाध्यक्ष पोष्टराज अधिकारी, सचिव गणे दर्पण अधिकारी लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मकवानपुरका ६२ जना पत्रकारहरूको सहभागिता रहेको थियो ।