Swornakshar Logo

सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको अनुमति

३ कार्तिक । काठमाडौं । प्रतिनिधिसभा सदस्य पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । गुरुङलाई साधारण तारेखमा रिहा गर्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायको इजलासले आदेश दिएको हो ।

कर्तव्य ज्यान मुद्दाको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सांसद गुरुङ आइतबार आफै जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका थिए ।