Swornakshar Logo

डोटीमा बस दुर्घटना हुँदा १० जना घाइते

२ कार्तिक । काठमाडौं । डडेलधुराबाट महेन्द्रनगरतर्फ गइरहेको ना ४ ख ८२३५ नम्बरको बस दुर्घटना भएको छ । बस डोटीको गरुडमामा दुर्घटना भएको छ । भीम दत्त राजमार्गको जोरायल गाउँपालिका वडा नं २ को गरुडमामा बस दुर्घटना भएको हो । उक्त बस सडकबाट १० मिटर तल खसेको थियो ।

दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ ।

घाइतेहरुलाई उपचारका लागि पद्मा अस्पताल लगिएको छ ।