Swornakshar Logo

एनआरएनएका दुई प्रतिनिधि पक्राउ

१ असोज । काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि काठमाडौं आएका दुई प्रतिनिधि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा एनआरएनए मलेसियाबाट आएका प्रतिनिधि टेकबहादुर टमाटा र अस्ट्रेलियाका प्रतिनिधि इशान शाक्य रहेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले शुक्रबार टमाटालाई ठगी आरोपमा पक्राउ गरेको हो । त्यसैगरि प्रहरी वृत्त बौद्धले शाक्यलाई मादक पदार्थ सेवन गरेर हुलहुज्जत गरी तोडफोड गरेको अभियोगमा बिहीबार पक्राउ गरेको हो ।

मलेसियामा रेष्टुरेन्ट सञ्चालन गर्दा टमाटाले पार्टनलाई धम्की दिएको र पैसा ठगी गरेको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको ललितपुर परिसरका डीएसपी सन्तोष तामाङले बताए ।