Swornakshar Logo

प्रहरीद्वारा मनाङमा पत्रकार कर्मचारीको सकुशल उद्धार

१३ असोज । मनाङ । जिल्ला प्रहरी कार्यालय मनाङले पत्रकार र कर्मचारीको जंगलबाट सकुसल उद्धार गरेको छ। चामे गाउँपालिकाले आयोजना गरेको कजीनसारा तालको महोत्सवबाट फर्कने क्रममा बाटो बिराएर अलपत्र परेका
४ जना पत्रकार र दुई जना कर्मचारीको सकुसल उद्धार गरेको हो। असोज १० गतेबाट शुरु भएको उक्त तालको महोत्सवको रिपोटिङमा गएका पत्रकार र कर्मचारीलाई फर्कने क्रममा बाटो बिराएका कारण लमजुङ हिमालको बेसक्याम्प नजिकैको जंगालबाट उद्धारगरिएको जिल्ला प्रहरी कार्यालय मनाङका सुचना अधिकारी श्रवण कुमार विकले जानकारी दिए। उनका अनुसार खराव मौसमका करण बाटो विराएका उनीहरूलाई उद्धार गरिएको हो। नेपाल टेलिभिजन मनाङका रिपोर्टर नविन लामिछानेसँग लमजुङ अवाज साप्ताहिकका सञ्चालक मिलन शर्मा दनाई, मकावनपुरस्थित जागरण मिडियाकी मिना श्रेष्ठ, जागरण मिडियाकै फोटो पत्रकार मिलन श्रेष्ठ र मनाङ अदालतका नासु डिल्लीराज पौडेल र जिल्ला आयुर्वेदका अधिकृत कविराज रामपुजन ठाकुरको उद्धार गरी चामे ल्याइएको प्रहरी नायव निरीक्षक श्रविकले बताए।
पत्रकार र कर्मचारी हराएको सुचना पाए लगत्तै चामेबाट खोजी कार्यमा गएको उनले बताए। उनका अनुसार रातिको करीव दुई बजे घटनास्थलमा पुगी उद्धार गरिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले सोमबार विहान ९ बजे सकुशल मनाङ सदरमुकाम चामे ल्याएको हो। फोटो पत्रकार मिलन श्रेष्ठका अनुसार खुट्टामा समस्या भएर हिड्न कठिन भएको र कुहिरोको कारण बाटो बिराएकाले समस्या भएको बताए।
हिड्ने क्रममा मोवाइल नेटवर्क आएपछि आफुले प्रहरीलाई खवर गरेको श्रेष्ठले बताए। उनका अनुसार साँझ ६ बजे देखि सम्पर्क विच्छेद भएको र करिब रातको १० बजे मोबाइलमा टावर टिपेपछि सम्पर्कमा आउन सफल भएको हो।