Swornakshar Logo

३ वर्षीया छोरी मारेर बुबाले गरे आत्महत्या

६ असोज । काठकाडौं । कैलाली गौरीगंगा नगरपालिका–५ का रामबहादुर कलेललाई दुरुत्साहनको मुद्दा लागेपछि उनले छोरीलाई सल्पास खुवाएर मारेका छन् । कलेलले आफू मर्नुअघि तीन वर्षीय छोरी अनुष्कालाई सल्पास (विषादी) खुवाएर मारेका हुन् ।

रामबहादुर कलेलले आइतबार छोरी अनुष्कालाई सल्पास (विषादी) खुवाएर मारेपछि आफुले पनि विष खाएर आत्महत्या गरेका हुन् ।

१६ वैशाखमा रामबहादुरकी श्रीमती सरिता कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन् । सरितालाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा रामबहादुरविरुद्ध उनका ससुराली पक्षले मुद्दा दर्ता गराएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

२६ जेठमा जिल्ला अदालत कैलालीले रामबहादुरलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । २२ साउनमा अदालतको इजलासले निर्दोष ठहर गरेपछि उनी छुटेका थिए ।