Swornakshar Logo

माछापोखरीबाट २ वटा पेस्तोलसहित ७ जना पक्राउ

२१ भदौ । काठमाडौं । प्रहरीले काठमाडौंको माछापोखरीबाट शनिबार ७ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट दुई थान आधुनिक पेस्तोल र चार राउण्ड गोलीसहित पनि बरामद गरेको छ । महानगरीय प्रहरी परीसर काठमाडौंबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अपरान्ह ४ः३० बजे माछापोखरीबाट २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित उनीहरुलाई काठमाडौ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले गुण्डागर्दीमा संलग्न ७ जनालाई २ वटा पेस्तोल र ४ राउण्ड गोलीसहित पक्राउ गरेको पुष्टि गरे ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आइतबार काठमाडौं प्रहरीले पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।