Swornakshar Logo

रेडियो सरोवरको तीज बिशेष कार्यक्रम तथा सरोवर चेली सम्मानीत

१६ हेटौंडा । काठमाडौं । हेटौंडाको रेडियो सरोवरको आयोजनामा तीज बिशेष कार्यक्रम गरिएको छ । तीज बिशेष कार्यक्रमसगैं सरोवर चेली सम्मान कार्यक्रम पनि गरिएको छ । हेटौंडाको हुप्राचौरमा रहेको पशुपति मन्दिरको सभाहलमा आज पाँच जना चेलीलाई सम्मान गरिएको हो ।

रेडियोले बिभीन्न क्षेत्रमा योगदान पुर्याएका चेलिहरुलाई सम्मान गरेको हो । पत्रकारिता बिधामा सरिता दाहाल, राजनीतिक क्षेत्रमा लक्ष्मी माझि, बेचबिखन बिरुद्धमा लाग्नुभएका मायाँ लामा, सन्तोषी बनकरीया र अस्मिता श्रेष्ठलाई सरोवर चेली सम्मान गरिएको हो ।

पाँचै जनालाई प्रदेश सभाका सदस्य मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, कार्यक्रमका सभापति आनन्दराम पौडेल लगायतकाले पाँचै जनालाई सम्मान गरेका थिए ।

रेडियो सरोवरले कार्यक्रममा दुना टपरी गाँस्ने प्रतियोगिता गरेको छ । प्रतियोगितामा उत्कृष्ट हुनेलाई सुनका गहना समेत पुरस्कारको व्यवस्था गरिएको छ । कार्यक्रममा सहभागिहरु मध्य नृत्य गर्ने २ सय जना भन्दा वढी महिलालाई बिभीन्न उपहार समेत प्रदान गरिएको छ ।