Swornakshar Logo

एटिएमको प्रणाली नै ह्याक गरेर पैसा लुट्ने चिनियाँ आपराधिक समूहका तीन नेपाली पक्राउ

 एटिएमको प्रणाली नै ह्याक गरेर पैसा लुट्ने चिनियाँ आपराधिक समूहका थप तीन जना नेपाली पनि पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ठमेल क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले ठमेलमा रहेको डेस्को भन्ने मनिचेन्जरका देवनाथ लामिछाने सहित रोसन प्रधान श्रेष्ठ र रेवती भनिने एक युवकलाई नियन्त्रणमा लिएको हो ।

शनिवार मायामनोहर होटेलबाट फरार भएका व्यक्तिहरुले मनिचेन्जरमा पुगरे २९ लाख ९९ हजार रुपैयाँ डलरमा साटेको देखिएपछि अनुसन्धानको लागि उनीहरुलाई नियन्त्रणमा लिइएको छ ।

यस्तै, परिसर काठमाडौंको टोलीले आइतबार राति सु लुसिङ नाम गरेका एक चिनियाँ नागरिकलाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।