Swornakshar Logo

डोजर नियन्त्रण गर्न खोज्दा नेताले सरुवा गरेका सिडियोलाई स्थानीयले बाजागाजासहित बिदाइ गरे

बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई स्थानीयवासीले 
फुलमाला र बाजागाजा सहित बिदाइ गरेका छन् । जिल्ला प्रशासन कार्यालय बझाङबाट मोरङ सरुवा भएका प्रमुख जिल्ला अधिकारी सुनारलाई जिल्लाका स्थानीयले बाजागाजासहित सदरमुकाम चैनपुर परिक्रमा गराउँदै बिदाइ गरेका हुन् ।

बझाङमा प्रमुख जिल्ला अधिकारीलाई बाजागाजा सहित फुलमालाले बिदाइ गरेको यो पहिलो पटक हो । नेताको दबाबमा नपरी जनताको सेवामा तल्लीन भएर लागेकाे र इमान्दार भएर काम गरेको भन्दै अधिकारी सुनारलाई भव्य स्वागत गरेको सदरमुकाम चैनपुरका दिवसचन्द स्नेहीले बताउनुभयाे ।

यो भन्दा अघि धेरै प्रमुख जिल्ला अधिकारीहरू पनि आए गए उनीहरूले गर्ने काम भन्दा सुनारले गरेका हरेक कामहरू बेग्लै छन्, नागरिकता दिनु मात्रै ठूलो कुरा होइन सुनारले जिल्लाको लागि गरेको धेरै राम्रो अन्य कामहरू पनि छन्।

जिल्लाको साईपाल गाउँपालिकामा पुग्ने उहाँ पहिलो प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्याे । उहाँले साईपाल गाउँपालिकामा पुगेर नागरिकता वितरण समेत गर्नुभएकाे थियाे । फागुन महिनामा बझाङ पुगेका प्रमुख जिल्ला अधिकारी सुनार नेपालकै कान्छाै सिडीयाे पनि हुन् ।