Swornakshar Logo

बालक अपहरण गर्ने एक भारतीय पक्राउ

१३ भदौ । काठमाडौं । सिरहा कर्जन्हवाबाट एक बालक अपहरण गरी भारततर्फ लैजाने क्रममा बालकसहित अपहरणकारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सितामढी घर भई सिराहामै बस्दै आएका सोभित मुखिया हुन् । मुखियाले रौतहट घर भइ सिरहा बस्दै आएका बच्चा यादवका छोरालाई अपहरण गरेका थिए ।

सिरहा कर्जन्हवा बस्ने बालकलाई मुखियाले डेराबाटै अपहरण गरेको सिराहा प्रहरीले बताएको छ । मुखियालाई संघीय प्रहरी ईकाइ र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले बिहीबार सर्लाहीको विष्णुपुर गाउँपालिकास्थित नेपाल भारत सीमाबाट पक्राउ गरेको हो । उद्दार गरिएका बालकको सवास्थ्य परीक्षणपछि अभिभावकलाई जिम्मा दिने प्रहरीले बताएको छ ।