Swornakshar Logo

जिप दुर्घटना हुँदा अछाममा दुई जनाको मृत्यु, पाँच घाइते

१३ भदौ । काठमाडौं । अछाम मेल्लेख गाउँपालिका ७ नन्देगडा बजार नजिक से१ज ९८६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा परि मृत्यु हुनेमा किथ्थी साउद र कौशी साउद रहेको प्रहरीले बताएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको समेत प्रहरीले बताएको छ । साथै दुर्घटनामा परी घाइते हुनेमा नृप साउद, मनिषा उपाध्याय, जनक साउदलगायत पाँच जना रहेका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शी बल साउदले बताए । गम्भीर घाइते हुनेमा सवारी चालक नृप साउद र जनक साउद रहेको बताइएको छ । घाइतेलाई उपचारका लागि बयालपाटा अस्पताल पुर्याइएको छ ।