Swornakshar Logo

सुर्खेतकाे एक जङ्गलमा २३ मृत गाई भेटिए, स्थानीय भन्छन् मारेर फालियो

गएराति सुर्खेतको वीरेन्द्रनगर नगरपालिका अन्तरगत कट्कुवा जङ्गलमा २३ वटा मृत गाईहरु फालिएको अवस्थामा भेटिएका छन् । बाँकेको नेपालगञ्जबाट ट्रकमा राखेर दैलेख लैजादै गरेका गाई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सो जङ्गलमै १५० वटा जीवित गाइसमेत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठाउँ-ठाउँमा मृत अवस्थामा गाईहरु फालिएको छ भने केही गाई घाइते अवस्थाका छन् । बेवारिसे रुपमा फालिएका मृत गाइहरुको कानमा ट्याग लगाइएको छ । टिप्परबाट ढुङ्गा खसालिए झैँ गाईहरु फाल्दा मरेकाले स्थानीयले मरेको आरोप लगाएका छन् । गाई कस्ले फाल्यो के कारण मारिए ? भन्नेबारे केही खुल्न नसकेकाले घटना सम्बन्धमा अनुशन्धान भईरहेको मजिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।