Swornakshar Logo

फ्रान्सका राष्ट्रपति श्रीमतीबारे टिप्पणीले ब्राजिलका राष्ट्रपतिसँग रिसाए, के थियो प्रतिक्रिया

१० भदौ । काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों आफ्नी श्रीमतीबारे हुने गरेका टिप्पणीलाई अनुमोदन गरेको भन्दै ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोसँग फ्रान्सका राष्ट्रपति रुष्ट बनेका छन् ।

ब्राजिलका राष्ट्रपति बोल्सोनारोका एक समर्थकले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँकी श्रीमती ६६ वर्षीया ब्रिगिट तथा बोल्सोनारूकी ३७ वर्षीया श्रीमती मिसेल बोल्सोनारोको रूपरङ्गसँग तुलना गर्न खोजिएको फेसबुकमा पोस्ट गरेका थिए ।

पोस्टमा लेखिएको छ, ‘अब तपाईँले थाहा पाउनुहुनेछ किन म्याक्रोले बोल्सोनारोको आलोचना गर्छन् ’

सो पोस्टमा टिप्पणी गर्दै बोल्सोनारूले पोर्चुगिज भाषामा व्यंग्यात्मक शैलीमा लेखेका छन्, ‘त्यसरी उनलाई नहोच्याऊ, हा हा हा।’

ब्राजिलका राष्ट्रपतिले गरेको त्यो टिप्पणी अत्यन्त अशिष्ट र दुःखदु भएको फ्रान्सेली राष्ट्रपति म्याक्रोँले बताएका छन्।