Swornakshar Logo

जयशंकरले गरे पशुपतिमा पूजा,पारिजातको विरुवा पनि रोपे

५ भदौ । काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकरले पशुपतिमा पूजा गरेका छन् । उनले पशुपतिमा पूजा गर्नु भन्दा पहिला मन्दिर परिसरमा पारिजातको बिरुवा रोपेका छन् ।

पारिजातको बिरुवा रोपिसकेपछि उनले पशुपतिको दर्शन गरेका थिए । उनले झण्डै आधा घण्टा पूजा गरेका थिए । त्यसपछि पशुपति विकास क्षेत्र कोषका सदस्य सचिव डा.ढकालले विदेशमन्त्री जयशंकरलाई मायाको चिनो स्वरुप शिवलिंग प्रदान गरेका थिए ।

विदेशमन्त्रीसँगै नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी र डेपुटी चिफ अफ मिसन डा. अजय कुमार पनि पशुपति मन्दिर गएका थिए । कोषको तर्फबाट सदस्यसचिव डा. ढकाल, कोषाध्यक्ष डा. मिलन थापालगायत पदाधिकारी थिए ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका जयशंकरले केहीबेरपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितलनिवासमा भेट्ने र दिउँसो तीन बजेपछि स्वदेश फर्किने कार्यक्रम छ । उनले बुधबार नेपाल आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।