Swornakshar Logo

योजना आयोगका कर्मचारीले गरे सिंहदरबारभित्रै आत्महत्या

काठमाडौं । राष्ट्रिय योजना आयोगका एक कर्मचारीले सिंहदरबारभित्र रहेको योजना आयोगकोृ कार्यालयभित्रै आत्महत्या गरेका छन्।

कार्यालय समय सकिएर सोमबार राति ८ बजेको समयमा सिंहदरबार छिरेका नायव सुब्बा बच्चु केसी राष्ट्रिय योजना आयोगको कार्यालयको सानो अनुगमन हलमा मृत भेटिएका हुन्।

प्रहरीका अनुसार आत्महत्या गर्ने कर्मचारीले के कारण आत्महत्या गरेका हुन् सो नखुलिसकेकोले अनसन्धान जारी राखेको बताएको छ ।