बोक्सीको आरोपमा महिलाले नै महिलालाई खुवाए मलमूत्र
१ भदौ । काठमाडौं । महोत्तरीको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउदै एक महिलालाई गाउँले महिलाले नै मानव मलमूत्र खुवाएकि छन् ।
भङ्गाहा नगरपालिका– ४ विर्ता गाउँमा बस्ने ३५ वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताएका छन् । आरोप लगाउनेमा सवितादेवी, पोशिला दनुवार, ईन्दुदेवी सिंह दनुवार, सुकेश्वरीदेवी र राजेश्री दनुवार रहेका छन् ।
घटनामा संलग्न रहेकामध्ये सुकेश्वरीदेवी र राजेश्रीलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लगेको छ भने अन्य महिलाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्: