Swornakshar Logo

रवि लगायत तीन जनाविरुद्ध किटानी जाहेरी

१ भदौ । काठमाडौं । स्व. पत्रकार शालिकराम पुडासैनीकी श्रीमतीले शालिकरामलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की विरुद्ध स्व. पुडासैनीकी श्रीमतीले किटानी जाहेरी दिएकी छन् । उनले काठमाडौं प्रहरी परिसरमा किटानी जाहेरी दिएकी हुन् ।

‘जाहेरी दर्ता गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले बताए , जाहेरी दर्ता गरेर चितवन पठाउँने पनि बताए ।

जिल्ला अदालत चितवनबाट पाँच दिनको म्याद थप गरेर पक्राउ परेका रविसहित तीनजनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । पुडासैनीले हात्महत्या गर्नुअघि लामिछाने, कँडेल र अस्मिताले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै भिडियो रेकर्ड गरेका थिए । सोही आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।