Bagmati Samachar Logo

चितवनमा अश्रु ग्यास प्रहार, सात प्रहरी घाइते

३१ साउन । काठमाडौं । चितवनमा १० राउन्ड अश्रु ग्यास प्रहार गरिएको छ ।

न्यूज २४ मा सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेपछि विरोधमा शुक्रबार साँझ चितवन जिल्ला प्रहरी कार्यालयमाथी ढुंगामुढा प्रहार गरेपछि प्रहरीले नियन्त्रणमा लिन १० राउन्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए ।

आन्दोलनकारीहरुले प्रहार गरेको ढुंगामुढा लागेर सात जना प्रहरी घाइते भएको कोइरालाले बताए । उनले थपे घाइते प्रहरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको अश्रु ग्यास प्रहार भएपछि भीड लछारपछार भएको छ ।
पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा परेका रवि लामिछाने, युवराज कँडेल र अस्मि कार्कीलाई प्रहीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई आज अदालतमार्फत पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।