Swornakshar Logo

पोखराको न्युरोडमो भीषण आगलागी

२८ साउन । काठमाडौं । पोखराको न्युरोडमा भीषण आगलागी भएको छ ।
न्युरोडको भाटभटेनी सुपरमार्केट अगाडी रहेको फर्निचर पसलबाट आगलागी सुरु भएको हो ।

आगलागी करिब साँझ साढे चारबाट शुरु भएको अनुमान गरिएको छ । आगलागीबाट चारवटा पसलमा क्षति पुगेको प्रहरीले बताएको छ ।

वारुणयन्त्र पुगेर आगलागी नियन्त्रणको प्रयास भइरहेको पनि प्रहरीले बताए ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।