नौ लाख घुससहित सिनियर डिभिजन इन्जिनियर पक्राउ
२३ साउन । पोखरा । सिनियर डिभिजनल इन्जिनियर हरि पोखरेल नौ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्।
पोखरामा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टिमले आज बिहीबार साँझ साढे ७ बजे इन्जिनियर पोखरेललाई घुसको पैसा सहित घरबाटै पक्राउ गरेको हो।
सडक डिभिजन कार्यालय पोखरा प्रमुखमाथि विन्ध्यवासिनी हरिचोक सडक निर्माणका ठेकेदारसँग घुस लिएको आरोप छ। अख्तियारको टोलीले सरकारी आवासमै उनलाई नौ लाख घुससहित पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्: