Swornakshar Logo

खाना पकाउने ग्यासकाे मूल्य २५ रुपैयाँ घट्यो, पेट्रोल र डिजेलमा भने बढ्याे

काठमाडाैँ । नेपाल आयल निगमले ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ घटाएको छ। 

घटेको मूल्य अनुसार अब ग्याँसको सिलिन्डरको मूल्य १ हजार ३७५ रुपैयाँ कायम भएको छ । तर निगमले पेट्रोल र डिजेलको मूल्य भने वृद्धि गरेको छ ।

मंगलबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ तथा डिजेलमा ५० पैसा मूल्य बढाएको छ । बढेको मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १ सय ९ र डिजेल तथा मट्टितेलको ९७ रुपैयाँ कायम भएको छ । हवाई ईन्धनको खुद्रा बिक्री मूल्य भने यथावत छ । 

मूल्य बढेपछि पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको मूल्यभन्दा पेट्रोल र डिजलमा प्रति लिटर क्रमशः १४ रुपैयाँ ३७ पैसा र १५ रुपैयाँ ४७ पैसा सस्तो हुने निगमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्