Swornakshar Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो अवैध सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडाै‌ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक ४ किलो अवैध सुनसहित पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित ली निंछीलाई पक्राउ गरेको हो । हङकङ हुँदै काठमाडौं आएका उनको लगेजमा सुन भेटिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले जनाएको छ । विमानस्थल भन्सारका प्रमुख गजेन्द्र ठाकुरले भन्सार कार्यालयको एक्सरे मेसिनले चेक गर्दा शंका्स्पद देखिएपछि लीलाई नियन्त्रणमा लिइएको र उनले ल्याएको वस्तु सुन भएको प्रमाणित भएपछि प्रहरीको जिम्मा लगाइएको बताए ।

प्रहरीका अनुसार लीबाट बरामद भएको सुनको बजार मूल्य २ करोड २७ लाख रुपैयाँ हुन आउँछ ।