Swornakshar Logo

पार्किङ गरेर राखिएको बसको छतमा युवकको शव

१७ साउन । काठमाडौं । बुटवलको नयाँ बसपार्कमा बसको छतमा एक युवकको शव फेला परेको छ । शुक्रबार बसपार्कमा दुर्गन्ध फैलिएपछि के रहेछ भनि खोजि गर्दा करिब १५ दिनदेखि पार्किङ गरेर राखेको बसको छतमा आंशिक रुपमा सडेको शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

गुल्मी चन्द्रकोट ठेगाना भएका करिब ३५ वर्षका दीपक थापाको शव लु१६प १३७ नम्बरको बसको छतमा भेटिएको हो । पोष्टमार्टमका लागि शवलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पु‍र्याइएको भट्टराईले बताए ।

मृतक थापा बसपार्कमा यात्रुहरुलाई बोलाएर बसमा चढाउन सघाउने काम गर्दै आएका प्रहरीले बताएको छ । घटनाका थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । मृतकको शव परिवारजनलाई पोष्टमार्टम पछि बुझाउन लागिएको भट्टराईले बता्ए ।