Swornakshar Logo

फेवातालमा बेवारिसे शव फेला पर्यो

१६ साउन । काठमाडौं । फेवातालमा एक अधवैशे पुरुषको शव फेला परेको छ । करिब ३५ वर्षीय अधवैशेको शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले बताए ।

मृतकको कुनै पहिचान खुल्न नसकेको पनि उनले बताए । मृतकको पहिचान खुल्न नसके पनि नेपाली मुलको नै रहेको बताइएको छ । प्रहरी प्रशासनले अनुसन्धान प्रक्रिया अघी बढाएको शाहले बताए ।

लेकसाइडको खहरे क्षेत्रमा शव फेला परेको उनले बताए ।