Swornakshar Logo

६ महिनाको अवधिमा अफगानिस्तानमा १ हजारभन्दा बढी मारिएः संयुक्त राष्ट्र संघ

१४ साउन । काठमाडौं । अफगानिस्तानमा जारी द्वन्द्वका कारण सन् २०१९ को पहिलो ६ महिनामा मात्रै १ हजार ३ सय ६६ जना मारिएका छन् । त्यस्तै २ हजार ४ सय ४६ जना अफगानी नागरिक घाइते भएको संयुक्त राष्ट्र संघले जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।

इस्लामिक आतंकवादी समूहविरुद्धको युद्ध, सरकारी र नाटो नेतृत्वको सैन्य गतिविधिमा १ हजार ३ सय ६६ जना अफगानी नागरिक मारिएको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिका र तालिवान बीच १८ वर्षे अफगान युद्ध समाप्त गर्ने विषयमा वार्ता चलिरहँदा मारिने नागरिकको संख्या भने घटेको छैन । अमेरिकी वार्ताकारहरुले भने आउँदो सेम्टेम्बर १ अघि नै वार्ता टुङ्ग्याउने लक्ष्य लिएका बताइको छ ।

तालिवान र इस्लामिक स्टेटका आक्रमणकारीद्वारा सन् २०१९ को जनवरी १ देखि जुन ३० सम्ममा ५३१ अफगानी मारिए । त्यस्तै १ हजार ४ सय ३७ जना घाइते भएका छन् । इस्लामिक समूहले सरकारी कर्मचारी, सहयोगी संस्थाका कर्मचारी, धार्मिक अनुयायी, आदिवासी वृद्धवृदा लगायतलाई निशाना बनाएका थिए ।
त्यस्तै सरकार समर्थक ७ सय १७ जना यो ६ महिनाको अवधिमा मारिएका छन् भने ६ सय ८० जना घाइते भएका छन् । यो गत वर्षको सोही अवधिमा मारिनेको संख्याभन्दा ३१ प्रतिशतले बढेको हो ।

मारिनेमा कम्तीमा १ सय ४४ जना महिला र ३ सय २७ जना बालबालिका रहेका छन् । देशभन्दा बाहिरका १ हजार भन्दा बढी घाइते भएका छन् । हवाई आक्रमणमा परि ५ सय १९ जना अफगानी नागरिकको हताहत भएको छ, जसमा १ सय ५० जना बालबालिकाहरु रहेका छन् ।

अफगानिस्तानलाई आतंकवादमुक्त बनाउन अमेरिकी र नाटो नेतृत्वको सेना मिसनका साथ जुटिरहेका छन् ।

तर अफगानी सरकार र आतंकवादी संगठन तालिवानले भने संयुक्त राष्ट्रको प्रतिवेदनलाई लिएर कुनै टिप्पणी गरेका छैनन् ।