Swornakshar Logo

युएईमा एक वर्षमा ९८ जना नेपालीको मृत्यु

७ साउन । काठमाडौं । पछिल्लो समय संयुक्त अरब इमिरेट्स युएईमा नेपालीहरूले आत्महत्या गर्ने क्रम घट्दो रहेको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक वर्ष ०७५ र ०७६ मा विभिन्न कारणले युएईमा मृत्यु भएका नेपालीहरुको मृत्युको कारणहरुबारे विस्तृत अध्ययन गर्दै नेपाली दूतावास युएईले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

दूतावासले सार्वजनिक गरेको तथ्याङ्कमा आर्थिक यो वर्षमा युएईमा २३ जना नेपालीले आत्महत्या गरेका छन् । २ महिला र २१ पुरुष गरी २३ जनाले आत्महत्या गरेका छन् । जुन अघिल्लो वर्षभन्दा कम हो । अघिल्लो वर्ष ३१ जनाले आत्महत्या गरेका थिए ।

०७५ र ०७६ मा युएईमा जम्मा ९८ जनाको मृत्यु भएको छ । नेपाली दूतावास युएईको तथ्यांक अनुसार ५ महिला र ९२ जना पुरुषको मृत्यु भएको हो ।

४८ जना पुरुषको प्राकृतिक कारणले मृत्यु भएको छ । प्राकृतिक कारणमा मदिरा सेवन, हृदयघात, मस्तिष्क पक्षघात लगायतले मृत्यु भएको छ । त्यस्तै २ महिला र २१ जना पुरुषको सवारी दुर्घटनामा मृत्यु भएको दूतावासले जानकारी दिएको छ ।

यस्तै, युएईमा १ महिला र ३ पुरुषको हत्या भएको छ । अघिल्लो वर्षको अनुपातमा यो वर्ष आत्महत्यालगायत अन्य प्रकारको मृत्युदर घटेको दूतावासका द्धितीय सचिव तथा सूचना अधिकारी बिष्णु अधिकारीले बताए ।