Swornakshar Logo

भारतीय दूतावासद्वारा सगरमाथाको काँखमा योग अभ्यास

काठमाडौँ । नेपालस्थित भारतीय दुतावासले पाँचौ योग दिवस मनाएको छ । सबैभन्दा उच्चाइमा रहेको सगरमाथाको प्रवेशद्धारमा रहेको नाम्चे बजारमा एक कार्यक्रमको आयोजना गरि योग दिवस मनाएको हो ।

नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीको प्रमुख आतिथ्यमा आइतवार भएको सो कार्यक्रममा सोलुखुम्बु जिल्लाकका युवा, स्थानीय जनप्रतिनिधि, सगरमाथा राष्ट्रिय उद्यानका पदाधिकारी तथा विदेशी पर्यटकको सहभागीता रहेको दुतावासले जनाएको छ ।

दैनिक जीवनमा योगको महत्वको बारेमा जानकारी दिने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।

विश्वको सबभन्दा उचाईमा रहेको सगरमाथाको प्रवेशद्धारामा पहिलो पटक यस्तो कार्यक्रमको आयोजना भएको दुतावासले जनाएको छ ।