Swornakshar Logo

हुवावेको नयाँ स्मार्टफोनमा अब गूगलका एप्स नचल्ने

जेठ ६ । चर्चित अमेरिकी कम्पनी गुगलले चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेसँग साझेदारी टुंग्याउने घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, गूगलले अब हुवावेलाई सफ्टवेयर दिने छैन । एउटा रिपोर्टमा अमेरिकी सरकारले हुवावेलाई विश्वभरिबाट नै कालो सूचीमा राख्न माग गरेको छ । डोनाल्ड ट्रम्पको सरकारले भने हुवावेलाई अमेरिकाबाट कालो सूचीमा राखिसकेको छ ।

गूगल मात्र नभएर इन्टेल, चिपसेट निर्माता कम्पनी क्वालकम, ब्रोडकमजस्ता कम्पनीले पनि अब हुवावेलाई कुनै प्रकारको हार्डवेयर र सफ्टवेयर उपलब्ध गराउने छैनन् । हुवावेमाथि फोनको माध्यमबाट मानिसहरुको जासुसी गरेको आरोप लागेको छ ।