Swornakshar Logo

ध्वंसात्मक गतिविधि गरेकोले विप्लवलाई प्रतिवन्धः गृहमन्त्री रामबहादुर थापा

४ बैशाख । हटौडा । गृहमन्त्री रामबहादुर थापाले ध्वंसात्मक गतिविधि गरेकाले विप्लव नेतृवको पार्टीलाई सरकारले प्रतिवन्ध लगाएको बताए। थापाले ध्वंसात्मक गतिविधि गर्ने कसैलाई पनि नेपालमा छुट नभएको र त्यस्ता गतिविधिमा सक्रिय हुनेलाई संविधानलेनै प्रतिवन्धको ब्यवस्था गरेको बताए ।

हेटौँडामा जारी ३ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन आईपुगेका गृहमन्त्री थापाले संचारकर्मीहरुसंग कुरा गर्दै विप्लवले पछिल्लो समयमा ध्वंसलाई रोजेको कारण सरकारले प्रतिवन्ध लगाएको बताए ।
सरकारले शान्तिसुरक्षाको लागि कामहरु गरेको भन्दै शान्तिसुरक्षामा खलल पुर्याउने कसैलाई पनि छुट नभएको उनको भनाई रहेको थियो ।

राज्यविरोधी गतिविधि गरेको समयमा सिके राउतलाई पनि नियन्त्रणमा लिएको स्मरण गदै मन्त्री थापाले विप्लव नेतृत्वका नेताहरुले संविधानविरोधी क्रियाकलाप गरेकाले नियन्त्रणमा लिइएको बताए । ‘राज्यविरुद्धका गतिविधि गर्दा सिके राउतलाई पनि पक्राउ गरिएको थियो । अहिले राज्य विरुद्धका गतिविधि गरेकै कारण विप्लवका नेता तथा कार्यकर्तालाई पक्रउ गरिएको हो ।’ उनले भने ।

सरकारले यो वर्ष धेरै उपलब्धी हाँसिल गरेको भन्दै यो वर्ष विकासको धेरै खाकाहरु समेत कोरिएको बताए , ।
२ दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहसचिव प्रेमबहादुर राई, गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदी, नेपाली सेनाका प्रतिनिधिहरु, ३ नम्बर प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ ।