Swornakshar Logo

भेनेजुएलाका स्वघोषित राष्ट्रपतिलाई १५ वर्षको प्रतिबन्ध

१५ चैत । काठमाडौ । आफूलाई भेनेजुएलको राष्ट्रपति घोषणा गरेका भेनेजुएलाका विपक्षी नेता जुआन ग्वाइदोमाथि १५ वर्षसम्म सार्वजनिक पद धारण गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ ।

ग्वाइदोको आर्थिक विवरणहरू अस्वभाविक देखिएको भन्दै सरकारले उनीमाथि राजनीतिक प्रतिबन्ध लगाएको महालेखापरीक्षक एल्भिस अमोरोसोले बताएका छन् । त्यस्तो प्रतिबन्ध भेनेजुएलाको कानुनी व्यवस्था अनुसार सबैभन्दा बढी हो।

ग्वाइदोले गत जनवरीमा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेसँगै अमेरिकासहितका ५० बढी देशले उनलाई मान्यता दिएका थिए।

जसले गर्दा त्यहाँ राजनीतिक र मानवीय सङ्‍कट चुलिएको थियो। तर विपक्षी नेता ग्वाइदोले सरकारी निर्णय आफूलाई अस्वीकार्य भएको प्रतिक्रिया दिएका छन् ।

उनले एल्भिस अमोरोसो महालेखापरीक्षक नभएको समेत दावी गरे । महालेखापरीक्षक नियुक्त गर्न सक्ने शक्ति राष्ट्रिय परिषद्सँग मात्र हुने भन्दै विपक्षी नेता ग्वाइदोले सरकारी निर्णयलाई आफूले अस्वीकार गरेको बताए ।