Swornakshar Logo

ग्यास सिलिन्डर विस्फोट हुँदा ४ जनाको ज्यान गयो, मृतकहरुको पहिचान खुल्न बाँकी

११ चैत । सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका ४ चाकुमा खाना पकाउने सिलिण्डर ग्यास विस्फोट हुँदा ४ जनाको ज्यान गएको छ ।

ज्यान जानेमा शिवश्री हाइड्रोपावरमा सीआरसी ठेकेदार कम्पनीमा कार्यरत मजदूरहरु रहेका छन् । शिवश्री हाइड्रोपावरका सल्लाहकार उमेस कसजुका अनुसार सीआरसी ठेकेदार कम्पनीको क्याम्पमा शनिबार दिउँसो साढे ४ बजे ग्यास सिलिन्डर विस्फोट भएको थियो ।

मृतक सबै भोटेकोशी गाउँपालिका(४ का स्थानीय रहेको तर पहिचान नखुलेको कसजुको भनाइ छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी तथा प्र।ना।उ माधव प्रसाद काफ्लेका अनुसार घटनालगत्तै बाह्रबिसेबाट प्रहरी टोली घटनास्थल गइसकेको छ।