Swornakshar Logo

दाङमा बस दुर्घटना, सहचालकको मृत्यु , ३५ जना घाइते

४ चैत । काठमाडौं । दाङमा यात्रुबाहक बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । अन्य कम्तिमा ३५ जना घाईते भएका छन् ।
घोराही होलेरी सडक खण्डको घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा रोल्पा बाट घोराही आउँदै गरेको बस दुर्घटना हुँदा सहचालक रोल्पा रुन्टीगढी ७ का २३ वर्षीय हर्कबहादुर पुनको मृत्यु भएको हो ।
ना ४ ख ६०९४ नम्बरको बस तिब्रगतिमा रहेको र जिपलाई ओभरटेक गर्दा दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । बस सडक छेउमा रहेको कल्भटमा ठोकिएर आएको दिशातर्फ फर्किएको छ ।
प्रहरीका अनुसार घाइतेहरुको नाम यस्तो छ

बस दुर्घटनामा परी घाईतेहरुः

राृल्पा माडी ३का बर्ष ६७ को ईन्द्र बघर्तिमगर ,रोल्पा जौलेपोखरी का बर्ष ५५ की सम्पुरा डागी । डागीको अवस्था नाजुक रहेको बताइएको छ ।दाङ तुलसीपुर ९ का ४५ बर्ष का रथा घर्ती अवस्था सिरियस रहेको छ ।
रोल्पा पाछावाङ बर्ष १७ को दिपक बि..क.,रोल्पा परिवर्तनका बर्ष ३१ को निम प्रकाश खत्री रहेका छन्

रोल्पा माडीका पहल पुन मगर ,रोल्पाका प्रकाश बि.क., मैते बि.क., रुमिला बुढा रमिता घर्ती ,खर्कमाली बुढा , लोक ब.बि.क.,देउचन वली रहेका छन् ।

रोल्पा माडी ६ का हिमकला बुढामगर ,पुस्पा डागी ,चन्द्र माया घर्ती ,सिजमाली बुढा , मनमाया बुढा, भिम कुमारी घर्ती , बलिराम घर्ती मगर, चिजमाली बाठा ,धनु डागी, मैने परियार, भुमिसरा परियार
सगमती वली ,थपबहादुर वली सामान्य ,तिल ब.राना,पुर्ण खड्का,खड्कामाली बुढा
मनिष बि.क., नैने रोका मगर (चालक) सामान्य घाइते भएका छन् ।