Swornakshar Logo

भरुवा बन्दुक र गाँजासहित पाँचजना पक्राउ

४ चैत । हेटौँडा । राक्सिराङ गाउँपालिका–७ बाट अवैध भरुवा बन्दुक र गाँजासहित प्रहरीले पाँच जना पक्राउ गरेको छ। प्रहरीका अनुसार दीपसन भन्ने २० वर्षीय सर्गलाल प्रजाको घरबाट एक थान भरुवा बन्दु र ७८ केजी गाँजा बरामद गरिएको हो। यस्तै, उनको घरबाट प्रहरीले सानो ब्याट्री तीनथान, स–साना ढुङ्गाका टुक्रा २५ वटा, १०० एमएलको आल्मुनियम बोतलमा बारुद तथा एकथान रोल पटका बरामद गरेको छ।
यसैगरी सोही स्थानका ४५ वर्षीय चन्द्रबहादुर चेपाङसहित उनको घरबाट ६१ केजी गाँजा र एकथान भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरीले आइतबार साँझ ४५ केजी गाँजासहित थप तीनजनालाई पक्राउ गरिएको छ। उनका अनुसार डब्लुबी ०६–६३०९ नम्बरको भारतीय कारमा फ्ल्स बनाएर हेटौँडाबाट वीरगञ्जतर्फ गाँजा लैजाँदै गरेको अवस्थामा भारतको बिहारस्थित भगलपुरका ३० वर्षीय विष्णकुमार शाह, ३० वर्षीया रेणुदेवी र २८ वर्षीय अहमद गुल्जार पक्राउ परेका छन्। प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौँडा–१५ स्थित रातोमाटेमा नियमित चेकजाँचको क्रममा भारतीय नम्बर प्लेटको गाडीमा डिक्कीभित्र फल्स बटम बनाएर गाँजा लुकाएर भारततर्फ लैजान लागेको अवस्थामा पक्राउ गरेको हो।