Swornakshar Logo

हेटौंडा गुम्बाडाँडामा २५ फिट अग्लो बुद्धमुर्ति स्थापना हुने

२ चैत । हेटौडा । हेटौंडा १८ गुम्बाडाँडामा २५ फिट अग्लो बुद्धमुर्ति स्थापन हुने भएको छ । यसकोलागि सहयोग जुटाउने उद्देश्यले सरोकारवालाहरुसँग आज हेटौडामा छलफल भएको छ ।
शान्तिको अग्रदुत भगवान बुद्ध मुर्ति स्थापना समन्वय समितिले छलफल कार्यक्रमको आयोजना गरेको छ । मुर्ति स्थापनका लागि ६० लाख रुपैया लाग्ने बुद्ध मुर्ति स्थापना समन्वय समितिका अध्यक्ष सम्पूर्ण कुमार लामाले बताए । यसकोलागि सबैको सहयोगको आवश्यकता पर्ने पनि लामाले जानकारी दिए । उनले मुर्ति स्थापना गर्न आर्थिक सहयोग गर्न सबैलाई आग्रह गरेको बताए । यसअघि निर्माण शुरु भइसकेको मुर्तिको १ बर्षमा निर्माण पुरा गरिने समितिको लक्ष्य रहेको छ । ३ नं.प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख अतिथि थिए । प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, बुद्ध मुर्ति स्थापना समन्वय समितिका अध्यक्ष सम्पुर्ण कुमार लामा, संयोजक कमलचन्द्र सुमन लगायतको उपस्थिति रहेको छ ।