ताजा अपडेट
अपराध

विकासको गतिले तीव्रता पायोः प्रधानमन्त्री ओली

विकासको गतिले तीव्रता पायोः प्रधानमन्त्री ओली
k|wfgdGqLåf/f bLIffGt ;Daf]wg k|wfgdGqL Pj+ sf7df8f} ljZjljBfnosf s'nklt s]kL zdf{ cf]nL z'qmaf/ sfe]|knf~rf]ssf] w'lnv]nl:yt ljZjljBfnoåf/f cfof]lht ljz]if bLIfGt ;df/f]xnfO{ ;Daf]wg ug'{x'Fb} . ljz]if bLIfGt ;df/f]xdf k|wfgdGqL Pj+ ljZjljBfnosf s'nklt cf]nLn] k|l;4 :jL; l;len OlGhlgo/ tyf :jL; km]8/n OlG:6Ro"6 ckm 6]Sgf]nf]hL -n';fg]_sf dfgfy{ cWoIf k|f=8f=hF Sn8 af8'nfO{ ;Ddfgfy{ ljBfjfl/wL k|bfg ug'{eof] . tl:j/ M /fhs'df/ k/fh'nL, sfe|]knf~rf]s, /f;;

१ चैत । काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकासको गतिले तीव्रता पाएको बताए । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आज विश्वविद्यालयमा आयोजित विशेष दीक्षान्त समारोहमा विकासमा अघि बढ्न सबै संयन्त्रलाई अँगालेको बताए ।

उनले भने “विकासका सबै संयन्त्र प्रयोग गरी अगाडि बढिरहेका छौँ, हामी मुलुकलाई समृद्ध बनाउन प्रयासरत छौँ ।” उनले विकासलाई शिक्षा र विज्ञानसँग जोडेर मुलुक समृद्ध बनाउन आफूहरु अनवरत रुपमा लागिरहेको दाबी गरे।
प्रधानमन्त्री ओलीले कम विकसित हाम्रो मुलुक पछाडि पर्नुको कारण पत्ता लगाएर समाधान गर्न लागेको उल्लेख गरे । “हाम्रोजस्तै जमीन भएको सानो मुलुक स्वीट्जरल्याण्ड निकै विकसित छ, तर उसको विकास हाम्रोभन्दा निकै टाढा छ”, उनले भने, “ल्याण्डलक्ड र हिमाली मुलुकका हामी पनि उसकै गतिमा विकासलाई तीव्रता दिन प्रयासरत छौँ ।” उनले आफूहरु समृद्धिको बाटोमा गम्भीररुपमा खटिरहेकाले विकासका पाइला छिटोछिटो अघि बढिरहेको बताए।
प्रधानमन्त्री ओलीले अर्को प्रसङ्गमा विज्ञान र प्रविधिका कारण आफू अहिलेसम्म बाँच्न पाएको बताए । उनले भने, “विज्ञान र प्रविधिले म अहिलेसम्म बाँचेको छु, नत्र मैले संसार छाडेको १२ वर्ष भइसक्थ्यो १” उनले विज्ञान प्रविधिको विकासका कारण नै विश्व उच्च प्रकारका स्वास्थ्य सेवा उपलब्ध भएकाले मानिसले पुनर्जीवन पाएको बताए ।
प्रधानमन्त्री ओलीले विशेष दीक्षान्त समारोहमा प्रसिद्ध स्वीस सिभिल इञ्जिनीयर तथा स्वीस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी (लुसाने)का मानार्थ अध्यक्ष प्रा. डा. जँ क्लड बाडुलाई सम्मानार्थ विद्यावारिधि प्रदान गरे। उनले आफ्नै देश स्वीट्जरल्याण्डको शैक्षिक क्षेत्रमा विशेष योगदान पु¥याएवापत विश्वविद्यालयले सम्मानार्थ विद्यावारिधि प्रदान गरेकामा खुशी व्यक्त गरे ।
पचासी वर्षीय डा. बाडुले नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण आफूलाई मन पर्ने देश भएकाले बताए । उनले भने, “म नेपाल २० पटक आइसकेँ, तपाईंका हिमाल उत्तिकै सुन्दर छन् तर बेलाबेलामा बाढी पहिरोको समस्या देखा पर्दा दुःख लाग्छ ।” उनले शिक्षा विकासको ठूलो शक्ति रहेकाले नयाँ नयाँ ज्ञानको खोजी गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…