Swornakshar Logo

१३ सय जना ठगी गर्ने पक्राउ

ठगीको आरोप लागेका राजन केसी (रातो ज्याकेटमा)

२९ फागुन । काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै करोडौं ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । बसुन्धारास्थित डेल्टा म्यानपावरका सञ्चालक राजन केसीलाई प्रहरीले ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

केसीले डेल्टा इन्प्लोइमेन्ट सर्भिस प्रा.लि, स्वीप्ट नेपाल म्यानपावर प्रा.लि र मास्र्टर जब प्रा.लि मार्फत १३ सय जना बढिलाई टर्की विमानस्थलमा रोजगारी दिने भन्दै २०१८ को जनवरीमा २ वर्षको लागि भनेर टर्की पठाएका थिए । केसीले ३ लाखदेखि ४ लाख ५० हजारसम्म उठाएका थिए ।
तर, सम्झौता अवधि नपुग्दै पठाएका १३ सय ६५ भन्दा धेरै कामदार ५ महिनामै टर्कीको राजधानी स्टानबुलबाट कम्पनीले फिर्ता पठाएपछि म्यानपावर सञ्चालक केसी फरार भए । त्यसपछि फरार रहेका केसीविरुद्ध पीडितहरुले प्रहरीमा पक्राउ पुर्जी जारी गरेका थिए । यस बाहेक केसीले टर्कीको कम्पनीले प्रत्येक कामदारलाई दिएको ७ सय युरो रकम पनि जफत गरेको पीडितले बताएकाछन् ।

फरार रहेको अवस्थामै केसीले फोनमार्फत पीडितहरुलाई छिट्टै नै पैसा फिर्ता गरिदिने आह्वासन दिने गरेको बताउँछन, धादिङ घर भएका राजेन्द्र अर्याल । अर्याल भन्छन्, ‘केसीलाई ६ जनालाई पाँच लाखको ब्ल्यान्ड चेक समेत दिएका छन् ।’

लामो समय फरार रहेका केसी सुरक्षा खोज्दै बानेश्वर प्रहरी वृत्त पुगेपछि पक्राउ परेका हुन् । वृत्तका एक प्रहरी अधिकारीका अनुसार, ‘भाग्दैभाग्दै केसी यहाँ नआएको भए पीडितहरुले केसीलाई मार्न पनि सक्थे ।’

कानून अनुसार ठगीमा परेका पीडितलाई म्यानपावरको धरौटीबाट क्षतिपूर्ति दिलाउने व्यवस्था भएपनि ठगिनेको संख्या धेरै भएपछि म्यानपावरबाट कसरी क्षतिपूर्ति दिलाउने भन्ने विषयमा विभाग अन्योलमा परेको छ ।

बुधबार विभागको रोहबरमा केसी र पीडितहरुबीच छलफल भएको छ । छलफलमा केसीलाई प्रहरीको निगरानीमा राखेर १५ दिनभित्र पीडितलाई क्षतिपुर्ति दिलाउने सहमती भएको विभागले बताएको छ ।