Bagmati Samachar Logo

खानेपानी मन्त्रालय र विश्व बैंकका प्रतिनिधिहरु बीच छलफल

२९ फागुन । काठमाडौं । खानेपानी मन्त्री बिना मगरले विश्व बैकका प्रतिनिधिहरुसंग छलफल गरेकी छन् । छलफलमा सहरी क्षेत्रको खानेपानीमा लगानी गर्न विश्व बैकका प्रतिनिधिहरुलार्ए आग्रह गरेकी छन् ।
छलफलमा उनले दीगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार रफ्तारमा अघि बढीरहेको बताइन ।
खानेपानी मन्त्रालय र विश्व बैंकका प्रतिनिधिमण्डलबीच आज बुधबार भएको छलफलमा खानेपानी मन्त्री मगरले सबैका लागि आधारभूत र सुरक्षित पिउने पानीमा सर्वसुलभ पहुँच पु¥याउन सरकार योजनाका साथ अघि बढिरहेको बताइन ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा उनले भनिन , “दीगो विकासका लक्ष्यहरु हासिल गर्न निकै चुनौति छ तर पनि सरकार पृथक ढंगले त्यो लक्ष्य हासिल गर्न योजना बनाएर अघि बढ्दैछ । जनताले अझैपनि खानेपानीका लागि संघर्ष गर्नुपरेको छ । यस्तो समस्या हटाउन मन्त्रालयले नयाँ योजना र कार्यक्रमहरु बनाउँदैछ ।”

ग्रामीण क्षेत्रमा फण्ड बोर्ड मार्फत खानेपानीको आयोजना सञ्चालन गर्न विश्व बैंकले गरेको सहयोगको मन्त्री मगरले उच्च प्रशंसा गरीन।

उनले ग्रामीण क्षेत्रमा जलाशययुक्त र लिफ्टिङ ग्राभिटी खानेपानी योजना साथै सहरी क्षेत्रमा २४ सै घण्टा सातै दिन प्रशोधित खानेपानी योजना र फोहोर पानी प्रशोधित योजनामा सहयोग गर्न विश्व बैंकलाई आग्रह गरीन । तराई मधेश क्षेत्रमा आर्सेनिक मुक्त थोक वितरण प्रणाली खानेपानी आयोजना सञ्चालन गर्नुपर्ने भएकाले यस क्षेत्रमा पनि सहयोग गर्न मन्त्री मगरले विश्व बैंकको ध्यानाकर्षण गराइन। हिमाली क्षेत्रमा स्प्रिङ वाटरको सम्भाव्यता खोजी गर्न समेत उनको आग्रह थियो ।

तीन वर्षभित्र आधारभूत खानेपानीको सुविधा पु(याउन मन्त्रालय योजनाका साथ लागिरहेको बताउँदै मन्त्री मगरले खानेपानी तथा पूर्ण सरसफाइको क्षेत्रमा उपभोक्ता समिति र स्थानीय समुदायहरूको सहभागिता गराई अभियान नै सुरु गर्न खोजिएको बताउनुभयो ।

खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले योजना बैंक बनाएर अघि बढ्नुपर्ने भएकाले विश्व बैंकसँग सधैंभरि सहकार्य गर्न मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

विश्व बैंकका निर्देशक स्टेभन स्कनबर्गरले खानेपानी तथा सरसफाईको क्षेत्रमा नेपाल सरकारसँग सहकार्य गर्न विश्व बैंक सधैं तयार रहेको बताउनुभयो । धेरै देशका खानेपानी मन्त्रीहरुसँग भेट गरेको स्मरण गर्दै उहाँले नेपालको खानेपानी मन्त्री भने खानेपानी तथा सरसफाईको क्षेत्रमा धेरै ज्ञाता रहेको आफूले पाएको बताउनुभयो । निर्देशक स्कनबर्गरको नेतृत्वमा आएको ६ सदस्यीय प्रतिनिधिमण्डलसँग छलफल भएको थियो ।